नियम ९०
बोलपत्रदाताको ग्राह्यता सम्बन्धी आधार र कागजात उल्लेख गर्नु पर्ने
(१) बोलपत्र
सम्बन्धी कागजातमा बोलपत्रदाताको ग्राह्रयता (ईलिजिबिलिटी) को आधार तथा त्यस्तो
आधार प्रमाणित गर्न बोलपत्रदाताले पेश गर्नु पर्ने कागजातको प्रतिलिपि समेत उल्लेख
गर्नु पर्नेछ ।
(२) उपनियम (१) मा उल्लिखित कागजात देहाय बमोजिम हुनेछन् ः–
(क) फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्र,
(ख) व्यवसाय दर्र्ताको ईजाजत प्रमाणपत्र,
स्पष्टीकरण ः यस खण्डको प्रयोजनको लागि “व्यवसाय दर्ताको
इजाजतपत्र” भन्नाले निर्माण व्यवसायीले निर्माण व्यवसाय सञ्चालन
गर्ने उद्देश्यले निर्माण व्यवसायी सम्बन्धी प्रचलित कानून बमोजिम
प्राप्त गरेको प्रमाणपत्र सम्झनु पर्छ ।
(ग) मूल्य अभिवृद्घि कर दर्ता प्रमाण पत्र र स्थायी लेखा दर्ता (प्यान) प्रमाण
पत्र,
(घ) सम्बन्धित स्थानीय निकायले तोकेको अवधि सम्मको आन्तरिक राजश्व
विभागबाट प्राप्त कर चुक्ता गरेको प्रमाण पत्र वा कर विवरण पेश
गरेको कागजात,
(ङ) बोलपत्रदाताले खरिद कारबाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित
खरिद कारबाहीमा आफ्नो स्वार्थ नबाझिएकोे र सम्बन्धित पेशा वा
व्यवसाय सम्बन्धी कसूरमा आफूले सजाय नपाएको भनी लिखित रुपमा
गरेको घोषणा,
(च) स्थानीय निकायले आवश्यक ठानेको अन्य कागजात ।
(३) बोलपत्र सम्बन्धी कागजातमा उपनियम (२) बमोजिमका कागजात उल्लेख
गर्न छुटेमा वा स्पष्ट रुपमा उल्लेख नभएमा वा अन्य कुनै कुरा संशोधन गर्नु परेमा
बोलपत्र पेश गर्ने अवधि भित्रै राष्ट्रियस्तरको दैनिक समाचारपत्रमा तथा
अन्तर्राष्ट्रियस्तरको बोलपत्रको हकमा अन्तर्राष्ट्रिय संचार माध्यममा सूचना प्रकाशन
गरि त्यस्ता कागजात उल्लेख गर्न स्पष्ट गर्न वा संशोधन गर्न सकिनेछ ।
तर यसरी सूचना प्रकाशन गर्दा बोलपत्रदातालाई बोलपत्र पेश गर्न थप समय
आवश्यक पर्ने भएमा बोलपत्र पेश गर्ने अन्तिम समय समेत बढाउनु पर्नेछ ।
(४) उपनियम (१) र (२) बमोजिमका कागजात पेश नगर्ने बोलपत्रदाताको
बोलपत्र उपर कारबाही हुने छैन ।